कालीकोट सदरमुकाममा पानीको हाहाकार
जलसरोकार
कालीकोट– कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा सधैँ खानेपानीको अभाव हुने गरेको छ । वर्षामा बाढीपहिरो र गर्मीयाममा पानी मुहान सुक्ने गरेकाले खानेपानी अभाव हुने गरेको हो ।
सदरमुकाम मान्म बजारमा दिन प्रतिदिन बढ्दो मानवीय चाप र खानेपानी व्यवस्थापन भरपर्दो नहुँदा खानेपानीको सधैँ अभाव हुने गरेको छ । सदरमुकाम मान्म बजारमा सधैँ नै खानेपानी अभाव हुने गरेको पानी धेरै टाढाका मुहान गएर ल्याउनुपर्ने बाध्यता रहेको छ । सदरमुकाम मान्म बजारमा लामो समयदेखि होटेल व्यवसाय गर्दै आउनुभएका नरहरिनाथ गाउँपालिका–६ का गोर्खबहादुर बटालाले खानेपानी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ‘घरमा वितरण गरिएका खानेपानीका धारामा हप्तामा एक दिन पानी आउँछ ।’ उनले भने, ‘१० देखि १५ मिनेटसम्म खानेपानीको धारामा पानी आउने भएकाले त्यसले खानेपानी पनि पुग्दैन ।’
हिउँद र गर्मीयाममा मात्रै नभएर वर्षात्को समयमा टाढाबाट ल्याएको खानेपानीमा खोलाखोल्सामा आउने पहिरो, गाईवस्तु चराउने व्यक्तिले पानीका पाइपको लाइन काट्ने भएकाले मान्म बजारमा खानेपानी सधैँ अभाव हुने गरेको सदरमुकाम मान्म बजारमा व्यवसाय गर्दै आएका भानु आचार्यले बताए ।
‘यहाँ सधैँ खानेपानीको वितरणमा एकरुपता नहुँदा खानेपानीको अभाव हुने गरेको छ ।’ उनले भने, ‘पहुँचवालाको घर तथा कार्यालयमा रातदिन जाने पानीका कारणले पनि बजारमा अभाव हुने गरेको छ ।’ खाँडाचक्र नगरपालिकाको मान्म बजारमा पानीको मुहानको अभावले खानेपानीको समस्या रहेको वडाध्यक्ष धर्मराज टमटाले बताए । ‘खानेपानीको अभाव हुनुमा मुहान सुक्नु र पाइपका लाइनमा प्वाल परेका कारणले समस्या भएको छ ।’ उनले भने, ‘खानेपानी समस्या टार्नका लागि वडा तथा नगरपालिकाले पहल गरेको भए पनि समस्या टार्न सकिएको छैन ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना