भेरी नदीमा पानीको सतह बढ्दो, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह
जलसरोकार
जाजरकोट,: अविरल वर्षासँगै भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जाजरकोट र डोल्पाका प्रशासन कार्यालयहरूले नदी किनार आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गरेका छन् ।
जाजरकोटको भेरी नगरपालिका–१ रिम्नास्थित भेरी रिम जलमापन केन्द्रमा नदीको वहाव उच्च देखिएपछि जिल्ला प्रशासन कार्यालय, जाजरकोटले तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, “जलसतह खतराको तह आसपास पुगेकाले नदी किनारका बस्तीहरूमा बसोबास गर्ने स्थानीयवासीहरूले सतर्कता अपनाउन जरुरी छ ।” उनले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई पनि सतर्क अवस्थामा रहन निर्देशन दिएको जानकारी दिए ।
त्यस्तै, डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सतह बढिरहेको जनाउँदै सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।
प्रशासनले नागरिकहरूलाई नदी आसपास नजान, बालबालिकालाई नदीतर्फ जान नदिन र आपत्कालीन अवस्थामा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा