मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौंमा पानी पथान्तरण सुरु
जलसरोकार
काठमाडौँ: एक साता लामो अवरोधपछि मेलम्ची खानेपानी आयोजनाबाट आजदेखि काठमाडौंमा पानी पथान्तरण सुरु भएको छ ।
मेलम्ची बाढी पीडित संघर्ष समितिका अनुसार, गएराति आन्दोलनरत पीडित र सरकारबीच सफल वार्ता भएपछि मुहान क्षेत्रको अवरोध हटाइयो र पानी पठाउन थालिएको हो । वार्ता पछि पीडितहरूले मुहान क्षेत्र (हेडवक्स) खुला गर्ने सहमति जनाएका थिए ।
यसै क्रममा, हिजो सहमति भएसँगै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा जाने सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूले सडक डिभिजन कार्यालय, चरिकोटमार्फत बुधबार टेण्डर आह्वान गरेका हुन् ।
मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ सडक खण्डको १७ किलोमिटर सडक स्तरोन्नतिका लागि तीन वटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको छ ।
गत २० कात्तिकदेखि विभिन्न समझदारीका क्रममा मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं उपत्यकामा ल्याउने तयारी स्थानीय स्तरमा गरिएको थियो । यस कदमसँगै काठमाडौंमा खानेपानीको नियमित आपूर्ति पुनः सुचारु हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा ३३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
-
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन
-
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्दै
-
सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुग्यो, चाँदी पनि महँगियो
-
नेपालमा विद्युत् उत्पादन बढ्दा भारतबाट आयात शून्य, २२ हजार मेगावाट घण्टाभन्दा बढी निर्यात
-
आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना