आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागको ७५ प्रतिशतसम्म आकाश बादलले ढाकिने
जलसरोकार
काठमाडौं : कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक (२६ देखि ५० प्रतिशत आकाश बादलले ढाकिने) देखि साधारणतया बदली (५१ देखि ७५ प्रतिशत आकाश बादलले ढाकिने) रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा (२५ प्रतिशत आकाश बादलले ढाकिने) रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनअनुसार कोशीलगायत बाग्मती र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको बुलेटिनमा छ ।
त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ भने देशभर आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कमजोर, तर तराई र मधेसका केही जिल्लामा तातो हावा र गर्मीको चेतावनी
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?