आजको मौसम मुख्यतया सफा
जलसरोकार
काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने विभागले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
कोशी प्रदेशका हमाली र पहाडी भूभागमा आज दिउँसो र राति आंशिक बदली रहने र तराईमा मुख्यतया सफा रहने सम्भावना छ ।
त्यसैगरी मधेश प्रदेशमा आज दिउँसो र राति मुख्यतया सफा रहने विभागले जनाएको छ ।
बागमती, गण्डकी प्रदेशका हिमाली, तराई र पहाडी क्षेत्र तथा लुम्बिनी, कर्णाली प्रदेशमा आज दिउँसो र राति मुख्यतया सफा रहने अनुमान छ ।
सुदूर पश्चिमका हिमाली पहाडी र तराई क्षेत्रमा पनि आज राति र दिउँसे मुख्यतया सफा रहने पूर्वानुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता