आजको मौसम मुख्यतया सफा


काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने विभागले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
कोशी प्रदेशका हमाली र पहाडी भूभागमा आज दिउँसो र राति आंशिक बदली रहने र तराईमा मुख्यतया सफा रहने सम्भावना छ ।
त्यसैगरी मधेश प्रदेशमा आज दिउँसो र राति मुख्यतया सफा रहने विभागले जनाएको छ ।
बागमती, गण्डकी प्रदेशका हिमाली, तराई र पहाडी क्षेत्र तथा लुम्बिनी, कर्णाली प्रदेशमा आज दिउँसो र राति मुख्यतया सफा रहने अनुमान छ ।
सुदूर पश्चिमका हिमाली पहाडी र तराई क्षेत्रमा पनि आज राति र दिउँसे मुख्यतया सफा रहने पूर्वानुमान छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्री घिसिङ मन्त्रालय र प्राधिकरणका टोलीसहित आफै पुगे भार प्रेषण केन्द्र
-
ट्रंक तथा डेडिकेटेडकाे बक्यौता नतिर्ने उद्योगहरुकाे लाइन काट्न सुरु
-
लक्ष्मी पूजाको साँझ विद्युत्को उच्चतम खपत १६५० मेगावाट
-
आगामी २४ घण्टामा अधिकांश भू-भागमा मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदली
-
पाकिस्तान दूतावास र नेपाल-पाकिस्तान युवा परिषद्द्वारा इलामका बाढीपीडितलाई राहत सहयोग
-
तोलामा ३ सय रुपैयाँले बढ्यो सुन, हेर्नुहोस् आजको मुल्य कति ?