आजको मौसम मुख्यतया सफा
जलसरोकार
काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मुख्यतया सफा भनेको ती क्षेत्रकाे २५ प्रतिशतसम्म आकाशलाई बादलले ढाक्नु हाे ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसमसम्बन्धी बुलेटिनअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायमै रहेको महाबखाले जनाएको छ ।
हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना तथा तराईका क्षेत्रमा बिहानीपख हल्का हुस्सु र कुहिरोको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने विभागले उल्लेख गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने