आजको मौसम पनि मुख्यतया सफा
जलसरोकार
काठमाडौं आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमसम्बन्धी बुलेटिनअनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
पर्यटन तथा पर्वतारोहणमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र देशभर मौसम मुख्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा, केन्द्रीय महिला परिषद्को अध्यक्ष
-
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
-
संघीय निजामती सेवा विधेयक : सुधारको नाममा अर्को भद्रगोल हुनुहुँदैन
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ३२ अंक घट्दा कारोबार रकम पनि साढे ७ अर्बमुनि
-
धान सिजनमा किसानका खेतसम्म पानी पुर्याउँदै प्रमुख नहर, ८२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा
-
नेशनल सोलारको भुक्तानी विवादमा विद्युत् नियमन आयोगद्वारा प्राधिकरणसँग प्रमाण माग