आजको मौसम : पहाड र हिमालमा वर्षा/हिमपातको सम्भावना, तराईमा मौसम सफा
जलसरोकार
काठमाडौँ : नववर्ष २०८३ को पहिलो दिन देशका विभिन्न भू-भागमा फरक–फरक मौसम अवस्था रहने पूर्वानुमान गरिएको छ। मौसमविद्का अनुसार आज दिउँसो र राति दुवै समयमा पहाडी तथा हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
आज दिउँसो विशेषगरी कोशी प्रदेशको पहाडी भू-भाग र देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहँदा तराईका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ। यद्यपि, देशका हिमाली भू-भागका केही स्थानहरू तथा कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, आज राति पनि मौसमको अवस्था खासै फरक नहुने देखिएको छ। हिमाली क्षेत्रमा सामान्य बदली कायम रहँदा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम प्रायः सफा रहने मौसमविद्ले बताएका छन्। रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही कारण पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र हल्का वर्षाको सम्भावना देखिएको हो।
मौसमविद्हरूले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने तथा उच्च भू-भागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता