आजको मौसम : हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा पहाडी भू–भागमा मौसम आंशिक बदली रहने भएको छ। केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। मौसम बदलीको प्रभाव विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा देखिने भए पनि वर्षा र हिमपातको सम्भावना भने सीमित स्थानमा मात्र रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका बाँकी पहाडी तथा तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैबीच, तराईका भू–भाग, काठमाडौं उपत्यका तथा विभिन्न खोँचमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। हुस्सु र कुहिरोका कारण बिहानको समयमा सडक तथा यातायातमा दृश्यता केही कम हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सरकारको एक साता : ठूला जलविद्युत् आयोजनामा अर्बौँ लगानी अघि बढ्यो
-
सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार; जलविद्युत् कम्पनीमा पनि उल्लेख्य सक्रियता
-
मिड सोलु हाइड्रोपावरको नाफा ३७ प्रतिशतले बढ्यो
-
नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी कार्यदिशा र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा
-
भगवती हाइड्रोपावरको नाफामा छलाङ, तीन महिनामै २ करोड ४५ लाख कमायो
-
धनतेरसकै दिन सुन–चाँदीमा भारी गिरावट,कतिमा हुँदैछ बजारमा किनबेच ?