मेघगर्जनसहित वर्षा, हिमपात र असिनाको सम्भावना— यातायात र जनजीवन प्रभावित हुन सक्ने
जलसरोकार
काठमाडौं : आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिनासहितको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
उक्त मौसमी प्रणालीको प्रभावले दैनिक जनजीवन, पर्यटन गतिविधि, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने देखिएकाले दैनिक अद्यावधिक मौसमी सूचनामा ध्यान दिन सम्बन्धित निकायले अनुरोध गरेको छ।
आवश्यक सतर्कता अपनाउन र यात्राको योजना बनाउँदा मौसम अपडेट हेर्न सुझाव दिइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने