मेघगर्जनसहित वर्षा, हिमपात र असिनाको सम्भावना— यातायात र जनजीवन प्रभावित हुन सक्ने
जलसरोकार
काठमाडौं : आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिनासहितको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
उक्त मौसमी प्रणालीको प्रभावले दैनिक जनजीवन, पर्यटन गतिविधि, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने देखिएकाले दैनिक अद्यावधिक मौसमी सूचनामा ध्यान दिन सम्बन्धित निकायले अनुरोध गरेको छ।
आवश्यक सतर्कता अपनाउन र यात्राको योजना बनाउँदा मौसम अपडेट हेर्न सुझाव दिइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन, १७० मेगावाट विद्युत् प्रणालीमा जोडियो
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल
-
दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा