पश्चिमी न्यूनचापीय र स्थानीय वायुको प्रभाव : आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: देशमा अहिले पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेकाले आज पनि धेरै स्थानमा बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पहाडी क्षेत्रमा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराईका केही क्षेत्रमा हावाहुरीको समेत जोखिम रहेको विभागले जनाएको छ।
महाशाखाले जारी गरेको चेतावनी नक्साअनुसार लुम्बिनी प्रदेशका केही तराई जिल्लामा ‘सतर्क रहनु’ स्तरको पहेँलो र सुन्तला संकेत देखाइएको छ। यसले ती क्षेत्रमा चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावना औँल्याएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको छ।
मौसमविद्हरूले विशेषगरी नदी तटीय क्षेत्र, पहिरो जोखिम भएका भूभाग तथा खुला स्थानमा काम गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा