बिजुलीको पोल बोकेको ट्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु
जलसरोकार
काठमाडौं–दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जंगलमा भे.१ त. ८९६ नम्बरको ट्याक्टर दुर्घटनामा परेर घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ यो सँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । आइतबार विद्युतको पोल बोकेर दुल्लुको भस्नेपाटीदेखि खड्केगैरा जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी दुल्लु नगरपालिका–६ का ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो ।
अन्य दुई जना दुल्लु नगरपालिका–६ खच्चेगैराका ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीको उपचारका क्रममा सुर्खेतको कालागाउँ अस्पतालमा आइतबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । अन्य तीन जना घाइतेको पनि उपचार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य