यस्तो छ आजको मौसम
जलसरोकार
काठमाडौँ : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा, केन्द्रीय महिला परिषद्को अध्यक्ष
-
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
-
संघीय निजामती सेवा विधेयक : सुधारको नाममा अर्को भद्रगोल हुनुहुँदैन
-
नेप्सेमा दोहोरो अंकको गिरावट, ३२ अंक घट्दा कारोबार रकम पनि साढे ७ अर्बमुनि
-
धान सिजनमा किसानका खेतसम्म पानी पुर्याउँदै प्रमुख नहर, ८२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा
-
नेशनल सोलारको भुक्तानी विवादमा विद्युत् नियमन आयोगद्वारा प्राधिकरणसँग प्रमाण माग