ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

यस्तो रहनेछ आजको मौसम, (मौसम शब्दावलीका अर्थसहित)

जलसरोकार
आइतबार, असार २२, २०८२ | ०९:३१:२० बजे

काठमाडौं : देशभर आंशिक देखि साधारणतया बदली रहने (कहिले थोरै बादल, कहिले धेरै बादल रहने) जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आज जारी गरेको मौसमसम्बन्धी विवरणाअनुसार आइतबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।

कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको बुलेटिनमा छ।

त्यसै गरी आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली (ती क्षेत्रहरूमा आकाशमा धेरै जसो बादल रहनेछ) रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली (बाँकी ठाउँहरूमा कहिले थोरै बादल (Partial Cloud) त कहिले धेरै बादल (Mostly Cloudy) रहनेछ।

बुलेटिनअनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमतीर लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

 मनसुनको न्यून चापीय रेखा भन्नाले आकाशमा एउटा कल्पित रेखा (imaginary line) हो, जुन स्थानमा वायुपाताल (atmosphere) मा हावाको दबाब (pressure) सबैभन्दा कम हुन्छ। यसलाई अंग्रेजीमा Monsoon Trough भनिन्छ।
यस रेखाको वरिपरि धेरै पानी पार्ने बादलहरू जम्मा हुन्छन् र वर्षा गराउँछन्। जहाँ यो रेखा हुन्छ, त्यहाँ बढी पानी पर्छ। 'सरदर स्थानको आसपास रहेको छ' भन्नाले मनसुनको यो न्यून चापीय रेखा हरेक वर्ष सरदर (average) एउटा निश्चित ठाउँ मा हुन्छ। अहिले यो त्यही स्थानको आसपास छ भन्ने अर्थ हो— न त धेरै उत्तरतिर गएको छ, न धेरै दक्षिणतिर। यो रेखा उत्तरतिर सर्दा नेपालजस्तो पहाडी भेगहरूमा बढी पानी पर्छ। यो दक्षिणतिर छ भने वर्षा कम हुन्छ।

प्रकाशित मिति : आइतबार, असार २२, २०८२ | ०९:३१:२० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया