यस्तो रहनेछ आज दिनभरिको मौसम
जलसरोकार
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर अहिले कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम मुख्यतः सफा रहने महाशाखाले जानकारी दिएको छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार हाल देशमा वर्षा गराउने किसिमको मौसम प्रणाली सक्रिय छैन । विभिन्न पूर्वानुमान मोडलका आधारमा तत्काल पानी पर्ने सम्भावना कमजोर देखिएको उनको भनाइ छ।
पोखरेलले मंसिरको मध्यतिर मात्र वर्षा गराउने सम्भावित प्रणाली नेपाल प्रवेश गर्न सक्ने उल्लेख गर्दै भने, “बंगालको खाडीमा विकास हुँदै गरेको चक्रवात र पश्चिमी वायुको संयुक्त प्रभावले त्यतिबेला वर्षा हुने सम्भावना देखिन्छ।”
दीर्घ समयसम्म वर्षा नपरेकाले काठमाडौं उपत्यकासहित देशका प्रायः सहरहरूमा वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको विभागले जनाएको छ। सुक्खा मौसमका कारण धेरै स्थानमा वन डढेलो तथा आगलागीका घटनामा वृद्धि हुन थालेको तथ्यांकले देखाएको छ।
महालक्ष्मी महाशाखाले निकट भविष्यमा मौसममा उल्लेख्य परिवर्तनको सम्भावना न्यून रहेको र वर्षा प्रणाली विकास हुने प्रक्रियालाई दैनिक अनुगमन भइरहेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड