यस्तो रहनेछ आज दिनभरिको मौसम
जलसरोकार
काठमाडौं: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर अहिले कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम मुख्यतः सफा रहने महाशाखाले जानकारी दिएको छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार हाल देशमा वर्षा गराउने किसिमको मौसम प्रणाली सक्रिय छैन । विभिन्न पूर्वानुमान मोडलका आधारमा तत्काल पानी पर्ने सम्भावना कमजोर देखिएको उनको भनाइ छ।
पोखरेलले मंसिरको मध्यतिर मात्र वर्षा गराउने सम्भावित प्रणाली नेपाल प्रवेश गर्न सक्ने उल्लेख गर्दै भने, “बंगालको खाडीमा विकास हुँदै गरेको चक्रवात र पश्चिमी वायुको संयुक्त प्रभावले त्यतिबेला वर्षा हुने सम्भावना देखिन्छ।”
दीर्घ समयसम्म वर्षा नपरेकाले काठमाडौं उपत्यकासहित देशका प्रायः सहरहरूमा वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको विभागले जनाएको छ। सुक्खा मौसमका कारण धेरै स्थानमा वन डढेलो तथा आगलागीका घटनामा वृद्धि हुन थालेको तथ्यांकले देखाएको छ।
महालक्ष्मी महाशाखाले निकट भविष्यमा मौसममा उल्लेख्य परिवर्तनको सम्भावना न्यून रहेको र वर्षा प्रणाली विकास हुने प्रक्रियालाई दैनिक अनुगमन भइरहेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै