यस्तो रहने छ आजको मौसम
जलसरोकार
काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । सामान्य मौसमी अवस्थासँगै अधिकांश स्थानमा मौसम स्थिर रहेको विभागले जनाएको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा पनि देशभर मौसम सफै रहने महाशाखाले जानकारी दिएको छ।
काठमाडौँ उपत्यकामा आज बिहान ५ः४५ बजे न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको छ। आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।
लेखकको बारेमा