यस्तो रहने छ आजको मौसम
जलसरोकार
काठमाडौं : हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ।
आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। तराईका केही स्थानहरूमा हुस्सु देखिन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाले हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता