यस्तो रहने छ आजको मौसम
जलसरोकार
काठमाडौं : हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ।
आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। तराईका केही स्थानहरूमा हुस्सु देखिन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाले हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश
-
सुख्खायाममा २०० मेगावाट आयात, वर्षायाममा ५०० मेगावाट निर्यात गर्ने प्राधिकरणको निर्णय
-
सुन–चाँदीको मूल्यमा पाँच दिनदेखि निरन्तर वृद्धि, आज पनि बढ्यो सुन
-
पेट्रोलियम पदार्थको मूल्य घट्याे
-
मध्यपहाडी लोकमार्ग : मोदीखोलामा आर्क ब्रिज निर्माण सुरु
-
यस्तो रहने छ आजको मौसम