यस्तो छ सातै प्रदेशको आजको मौसम
जलसरोकार
काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको विभागले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
बुलेटिनअनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको बुलेटिनमा छ ।
आज राति कोशी प्रदेशका हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । त्यसैगरी आज राति कोशी प्रदेशको तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
त्यसैगरी आज दिउँसो र राति मधेश प्रदेशका तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
यता बागमती प्रदेशमा आज दिउँसो र राति हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने बुलेटिनमा छ ।
गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ । तराई क्षेत्रमा भने मुख्यतया सफा रहने विभागको अनुमान छ ।
आज राति भने गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराई क्षेत्रमा भने मुख्यतया सफा रहने सम्भावना छ ।
लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा आज दिउँसो मुख्यतया सफा रहने सम्भावना छ । तर आज राति लुम्बिनीको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहको महाशाखाले जनाएको छ ।
यता कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आज दिउँसो मुख्यतया सफा रहने सम्भावना छ भने राति भने हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ ।
सुदूर पश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा आज दिउँसो मुख्यतया सफा र आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड