यस्तो छ सातै प्रदेशको आजको मौसम
जलसरोकार
काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको विभागले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
बुलेटिनअनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको बुलेटिनमा छ ।
आज राति कोशी प्रदेशका हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । त्यसैगरी आज राति कोशी प्रदेशको तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
त्यसैगरी आज दिउँसो र राति मधेश प्रदेशका तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
यता बागमती प्रदेशमा आज दिउँसो र राति हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने बुलेटिनमा छ ।
गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ । तराई क्षेत्रमा भने मुख्यतया सफा रहने विभागको अनुमान छ ।
आज राति भने गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराई क्षेत्रमा भने मुख्यतया सफा रहने सम्भावना छ ।
लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा आज दिउँसो मुख्यतया सफा रहने सम्भावना छ । तर आज राति लुम्बिनीको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहको महाशाखाले जनाएको छ ।
यता कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आज दिउँसो मुख्यतया सफा रहने सम्भावना छ भने राति भने हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ ।
सुदूर पश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा आज दिउँसो मुख्यतया सफा र आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तारका लागि विश्व बैंकको १३ अर्ब ७७ करोड रुपैयाँ सहयोग
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना