यस्तो छ आजको मौसम पूर्वानुमान
जलसरोकार
काठमाडौँ, : आगामी २४ घण्टामा देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीसँगै केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग का अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा अन्य पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा बादल लागिरहनेछ भने तराईमा आंशिक बदली रहने जनाइएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा अन्य क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसममा हुने परिवर्तनका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?