यस्तो छ आजको मौसम पूर्वानुमान
जलसरोकार
काठमाडौं, : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने अनुमान छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ ।
यस्तै, आज राति पनि तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ ।
महाशाखाले हिमपात, वर्षा तथा हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता