यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
जलसरोकार
काठमाडौं: नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद्ले जनाएका छन्। यसको प्रभावका कारण देशका केही भू–भागमा बादल लाग्ने तथा हल्का वर्षा र हावाहुरीको सम्भावना देखिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको पहाडी तथा तराई भू–भाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी तथा बाँकी हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कोशी प्रदेशको तराई र बागमती तथा गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्।
रातिको समयमा कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ। देशका अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
यस क्रममा कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता