आज र भोलि उच्च जोखिममा रहेका नदीहरु यी हुन्
जलसरोकार
काठमाडौं : बंगलाको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशैभरका नदीहरुको बहाव बढ्ने अनुमान छ ।
देशको १० वटा प्रमुख नदीहरुमध्ये आज उच्च जोखिममा चारवटा नदी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिन अनुसार आज उच्च जोखिममा रहेका नदीहरुमा नारायणी, देवघाट, कन्काई मैनाचुली, कमला नदी बेलसोत र बागमती पधेरादोभा छन् ।
आज मध्यम जोखिम रहेका नदीहरुमा सप्तकोशी चतरा, पूर्वी राप्ती रजैया, पश्चिम राप्ती कुसुम र बबई चेपाङ रहेको विभागको बाढी पूवाृनुमान महाशाखाले जनाएको छ ।
आज न्यून जोखिम रहेका नदीहरुमा कर्णाली, महाकाली छन् ।
भोलि शनिबार अति उच्च जोखिम रहने नदीहरुमा नारायणी, बागमती, पश्चिम राप्ती र बबई छन् । पूर्वी राप्ती भोलि बहावका हिसाबले उच्च जोखिममा रहने महाशाखाले जनाएको छ ।
विभागले असोज ११ देखि १३ गतेसम्म देशका अधिकांश नदीहरुको बहाव सतर्कता तह आसपास रहने अनुमान गरेको छ । नारायणी नदी देवघाट, कन्काई नदी मैनाचुली, कमला नदी बेलसोत, बागमती नदी पधेरादोभान, पूर्वी राप्ती, पश्चिम राप्त, बबई र यसका सहायक नदीहरुमा जल सतह खतरा तह आसपास रहने तथा केहीमा खतरा तह पार गर्ने महाशाखाको पूर्वानुमान छ ।
विभागले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
यतिखेर बागमती नदीको सतह ४.३५ मिटर, बागमती नदीको जलसतह बल्खु खोला स्टेशनमा १३४२.६३ मिटर, खाँडो नदीको सप्तरीमा १०४ मिटर जलसतह रहेको विभागले जनाएको छ ।
आगामी सोमबार (असोज १४ गते) देखि उक्त प्रणाली कमजोर हुने र नदीमा बहाव क्रमशः घट्दै जाने महाशखाले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने