आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं: शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका तराइका भू–भागहरुका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा÷ हिमपातको सम्भावना छ।
अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ ।
देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसका अतिरिक्त नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव छ ।
जसका कारणले देशभर उल्लेख्य वर्षा भएको छ । खासगरी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षासमेत भएको छ ।
पछिल्लो १२ घन्टामा बर्दियाको रम्भापुरमा १९०.२, बाँकेको बरगडाहामा १७३.४ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।
त्यस्तै पछिल्लो १२ घन्टामा बर्दियाको दौलतपुरमा १२६.४, दाङको पदमपुर क्षेत्रमा १२१.८ मिलिमिटर वर्षा भएको छ । बागलुङको बोबाङमा १२२.२, कास्कीको लुम्ले क्षेत्रमा १२० मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तारका लागि विश्व बैंकको १३ अर्ब ७७ करोड रुपैयाँ सहयोग
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना