धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र


जुम्ला : जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको काम तीव्र रूपमा अगाडि बढाइएको छ ।
सङ्घीय सरकारको रु एक अर्ब २६ करोडको लागतमा निर्माण प्रक्रिया सुरु भएको उक्त खानेपानी आयोजनामा हाल रु ९१ करोडमा ठेक्का सदर भइ काम भइरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । अबको एक वर्षमै निर्माण सम्पन्न गर्ने गरी काम तीव्र रूपमा अगाडि बढाइएको उनले बताए ।
तातोपानी, गोठीचौर र चन्दननाथ गरी तीनवटा स्थानीय तहका नागरिकलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले बृहत् खानेपानी आयोजना निर्माण भइरहेको र यसबाट यहाँका आठ हजार ९०० भन्दा बढी घरधुरी तथा ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका प्रमुख इञ्जिनियर जोतिस मिश्रले बताए ।
उनले भने,“आयोजनाको काम तीब्र रूपमा भइरहेको छ । हालसम्म ७३ प्रतिशत भौतिक र ६२ प्रतिशत वित्तीय प्रगति भएको छ । एक वर्षपछि यहाँका नागरिकको खानेपानी समस्या समाप्त हुनेछ ।”
खानेपानीमन्त्री प्रदीप यादवले उक्त आयोजनाको निरीक्षण एवं अवलोकन गर्नु भई मन्त्रालयले परियोजनाका लागि पर्याप्त बजेट विनियोजन गरेकाले तोकिएको समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । “जग्गाको समस्याले परियोजना निर्माणमा केही ढिलाइ भएको हो । अब समस्या समाधान भएर काम अगािड बढेको छ, परियोजनामा बजेटको कमी हुने छैन । त्यसैले एक वर्षभित्र काम सम्पन्न हुनेछ”, उनले भने, ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने
-
यस्तो थियो दोस्रो योजना (२०१९–२०२३) कालमा नेपालको विद्युत् अवस्था
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुअल फण्ड सार्वजनिक निष्कासनमा
-
राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ प्रविधिको पर्खाल
-
यस्तो रहनेछ आजको मौसम, (मौसम शब्दावलीका अर्थसहित)
-
पहिलो आवधिक योजना (२०१३–२०१८) मा विद्युत् : देशको जडित क्षमता २० मेगावाट पुर्याउने लक्ष्य