आज दिउँसाे मौसम मुख्यतया सफा राति भने आंशिक बदली
जलसरोकार
काठमाडौं : आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कोशीका हिमाली र पहाडी क्षेत्रमा राति भने आंशिक बदली रहने र तराईका क्षेत्रमा मुख्यतया सफा रहनेछ ।
यता मधेशमा भने आज दिउँसो र राति मुख्यतया सफा रहने विभागको मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा छ ।
बागमतीमा भने दिउँसो र राति मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
गण्डकी प्रदेशका हिमाली पहाडी र तराई क्षेत्रमा दिउँसो आंशिक बदली हुने र राति मुख्यतया सफा रहने बुलेटिनमा छ ।
लुम्बिनी, कर्णाली र सुदूर पश्चिममा आज दिउँसो आंशिक बदली हुने र राति भने मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड