आज देशैभरि मौसम मुख्यतया सफा
जलसरोकार
काठमाडौं : आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशीको पहाडी क्षेत्रमा पनि आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको पनि विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनअनुसार आज दिउँसो मधेश प्रदेशमा मुख्यतया सफा रहने सम्भावना छ भने राति आंशिक बदली रहने सम्भावना छ ।
बागमती प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा आज दिउँसो मुख्यतया सफा रहनेछ । बुलेटिनअनुसार आज राति बागमती प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको अनुमान छ ।
गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा आज दिउँसो र राति पनि मुख्यतया सफा रहने सम्भावना छ ।
त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा आज दिउँसो र राति मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड