आज देशैभरि मौसम मुख्यतया सफा
जलसरोकार
काठमाडौं : आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशीको पहाडी क्षेत्रमा पनि आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको पनि विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज जारी गरेको मौसमसम्बन्धी बुलेटिनअनुसार आज दिउँसो मधेश प्रदेशमा मुख्यतया सफा रहने सम्भावना छ भने राति आंशिक बदली रहने सम्भावना छ ।
बागमती प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा आज दिउँसो मुख्यतया सफा रहनेछ । बुलेटिनअनुसार आज राति बागमती प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको अनुमान छ ।
गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई क्षेत्रमा आज दिउँसो र राति पनि मुख्यतया सफा रहने सम्भावना छ ।
त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा आज दिउँसो र राति मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता