काठमाडौँ: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।
ऊर्जा मन्त्री खड्काले प्राप्त गरेको ‘बुद्धत्व’ : कुलमान नै ठीक
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले
भारतीय आयल निगमले भन्यो : इन्धनको पर्याप्त भण्डारण छ, चिन्ता गर्नुपर्ने अवस्था छैन
विद्युत् प्राधिकरणको आम्दानी र खर्चको विवरण संसदमा सार्वजनिक गर्न सभामुखमार्फत माओवादी केन्द्रको रुलिङ माग
ग्लोबल आइएमई बैंकको पेमेन्ट गेटवे सुचारु
घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिदबिक्री ?