उच्च अङ्कले घट्यो सेयर बजार


काठमाडौँ, : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो ।
आज तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात सय ७७ कित्ता शेयर ६७ हजार छ सय ४८ पटक खरिदबिक्री भएको छ । आज नेप्सेमा रू पाँच अर्ब ९३ करोड ५६ लाख चार हजार आठ सय ४७ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह चार दशमलव ४१ र व्यापार समूह तीन दशमलव ५५ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ४९, विकास बैंक दुई दशमलव ०३, होटल तथा पर्यटन दुई दशमलव ३१, जलविद्युत् दुई दशमलव ३६, लगानी एक दशमलव ५६ र जीवन बीमा एक दशमलव ८२ प्रतिशत प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव १६, लघुवित्त एक दशमलव ८६, म्युचुअल फन्ड शून्य दशमलव ९१, निर्जीवन बीमा एक दशमलव ४२ र अन्य समूह एक दशमलव ४५ प्रतिशतले घटेको छ । आजको कारोबारमा दुई सय २७ कम्पनीको शेयर मूल्य घट्दा १५ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू २६ करोड ४५ लाख ९० हजार तीन सय ३० बराबरको शेयर किनबेच भएका छन् ।
त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर छ लाख १४ हजार ९६ कित्ता शेयर किनबेच भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ
-
जेन जी समूहको कम्पनीलाई भोटेकोशीको १० प्रतिशत शेयर दिने सम्झौता विवादमा
-
सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
-
मन्त्री घिसिङलाई दक्षिण कोरियाकाे बधाई