मंगलबार ३३.०८ अंकले घट्यो सेयर बजार
जलसरोकार
काठमाडौं, : मंगलबार सेयर बजारको अंक २६ सयमुनि झरेको छ ।
अघिल्लो कारोबार दिन २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६७ करोडको भयो ।
जम्मा २८ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । अन्य समूह जम्मा ०.०६ प्रतिशत बढ्यो ।
बैंकिङ ०.९२, विकास बैंक २.७७, फाइनान्स ५.१९, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन १.५१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा ०.९५ र व्यापार २.९७ प्रतिशत घटे ।
नाडेप लघुवित्त र उपकार लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । निफ्राको ३.३२, रसुवागढी हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य बढ्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ।
सपोर्ट माइक्रोफाइनान्स, जानाकी फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो । गुहेश्वरी फाइनान्सको ९.३, बोटलर्स नेपाल तराईको ९.२५, मल्टिपर्पस फाइनान्सको ७.८, सेन्ट्रल फाइनान्सको ७.२२ तथा गुराँस लघुवित्तको ६.९ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा प्रभु बैंक, नेपाल फाइनान्स, जानाकी फाइनान्स, एनएलजी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा