फुटेको मेलम्चीको पाइपलाइन मर्मतको कार्य सकियो
जलसरोकार
काठमाडौं: काठमाडौंको थापाथली चोकनजिक मंगलबार बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मतको कार्य आज बिहान सकिएको छ । मंगलबार बिहान पाँच बजेतिर फुटेको पाइप २४ घण्टापछि मर्मत गरिएको हो ।
प्राविधिक टोलीले फुटेको पाइपलाइन मंगलबार दिउँसोदेखि मर्मत कार्य सुरु गरी आज बिहान ४ बजे सम्पन्न गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इञ्जिनियर प्रकाश बरालले जानकारी दिए ।
‘पाइप मर्मत र जडानको काम बिहान आज ४ मात्रै काम सकियो । चुहावट परीक्षण गर्न भल्भ र वाशआउट भल्भको व्यवस्था गरिएको छ । उक्त कार्यको सफल परीक्षणपश्चात आजै पानी वितरण पुनः सुरु गर्नेछौं’, उनले भने ।
मंगलबार बिहानै पाइप फुट्दा थापाथली क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो । थापाथलीको सडकमा पाँच लाख लिटर पानी खेर गएको थियो ।
खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो सो विषयमा पत्ता लगाउन पनि केयुकेएललाई निर्देशन दिएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव