फुटेको मेलम्चीको पाइपलाइन मर्मतको कार्य सकियो
जलसरोकार
काठमाडौं: काठमाडौंको थापाथली चोकनजिक मंगलबार बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मतको कार्य आज बिहान सकिएको छ । मंगलबार बिहान पाँच बजेतिर फुटेको पाइप २४ घण्टापछि मर्मत गरिएको हो ।
प्राविधिक टोलीले फुटेको पाइपलाइन मंगलबार दिउँसोदेखि मर्मत कार्य सुरु गरी आज बिहान ४ बजे सम्पन्न गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इञ्जिनियर प्रकाश बरालले जानकारी दिए ।
‘पाइप मर्मत र जडानको काम बिहान आज ४ मात्रै काम सकियो । चुहावट परीक्षण गर्न भल्भ र वाशआउट भल्भको व्यवस्था गरिएको छ । उक्त कार्यको सफल परीक्षणपश्चात आजै पानी वितरण पुनः सुरु गर्नेछौं’, उनले भने ।
मंगलबार बिहानै पाइप फुट्दा थापाथली क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो । थापाथलीको सडकमा पाँच लाख लिटर पानी खेर गएको थियो ।
खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो सो विषयमा पत्ता लगाउन पनि केयुकेएललाई निर्देशन दिएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी