मनसुन सक्रिय भए पनि यसको प्रभाव कमजोर
जलसरोकार
काठमाडौँ : आगामी २४ घण्टामा देशभर आंशिकदेखि साधारण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो देशका पहाडी भू-भागहरूमा साधारणतया बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदलीको अवस्था रहने महाशाखाले जानकारी दिएको छ।
कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा र तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, कोशी र मधेश प्रदेशका तराई भू-भागमा हावाहुरी चल्ने सम्भावना रहेको चेतावनी दिइएको छ।
शनिबार राति पनि कोशी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा साधारण बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ।
कोशी प्रदेशका पहाड तथा तराई, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य प्रदेशका पहाड तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैगरी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि रातिको समयमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाका अनुसार हाल मनसुन सक्रिय भए पनि यसको प्रभाव कमजोर रहेको रहेको छ। मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपास अवस्थित छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा