पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव नेपालमा सक्रिय
जलसरोकार
काठमाडौं,: हाल देशमा पश्चिमी वायूको प्रभावसँगै अरव सागरमा विकसित भएको न्यून चापीय प्रणालीको असर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव आज देशका अधिकांश भागमा आंशिक बदली र उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको रूपमा देखिन सक्नेछ।
महाशाखाले जारी गरेको आजको मौसम बुलेटिनअनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली रहनेछ भने तराईका भूभागमा पनि आंशिक बदलीको स्थिति रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक÷दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशसहितका अन्य उच्च भूभागमा पनि केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाले पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव आगामी केही दिन कायम रहन सक्ने भन्दै उच्च हिमाली क्षेत्रका बासिन्दा तथा पर्यटकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
रसुवागढी र तातोपानी अवरुद्धपछि वैकल्पिक रूपमा फस्टाउँदै कोरला नाका, पहिलो त्रैमासमै ५ अर्ब भन्दा बढीको व्यापार
-
आज रातिदेखि भोली बिहानसम्म देशभर हिमपात र वर्षा, सतर्कता अपनाउन आग्रह
-
सुनको भाउ २ हजार रुपैयाँ घट्यो, आज तोलाको कति ?
-
पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव नेपालमा सक्रिय
-
दिनभर उतारचढावपछि अन्ततः बढ्यो सेयर बजार
-
भरतपुरमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा, छ महिनाभित्र सक्ने लक्ष्य