पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव नेपालमा सक्रिय
जलसरोकार
काठमाडौं,: हाल देशमा पश्चिमी वायूको प्रभावसँगै अरव सागरमा विकसित भएको न्यून चापीय प्रणालीको असर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव आज देशका अधिकांश भागमा आंशिक बदली र उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको रूपमा देखिन सक्नेछ।
महाशाखाले जारी गरेको आजको मौसम बुलेटिनअनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली रहनेछ भने तराईका भूभागमा पनि आंशिक बदलीको स्थिति रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक÷दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशसहितका अन्य उच्च भूभागमा पनि केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
महाशाखाले पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव आगामी केही दिन कायम रहन सक्ने भन्दै उच्च हिमाली क्षेत्रका बासिन्दा तथा पर्यटकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा