पश्चिमी वायुको प्रभाव कायम, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।
यसअघि बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातका कारण नेपालमा वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । सो अवधिमा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो ।
हिमपातका कारण मनाङको डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए । उनीहरूको सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम केन्द्र, शिक्षालय मनाङको टोलीले सफलतापूर्वक उद्धार गरेको थियो ।
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड गरिएको थियो । तीमध्ये १८५ वटा केन्द्रमा उल्लेख्य मात्रामा वर्षा भएको छ ।
सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१ दशमलव १ मिलिमिटर मापन गरिएको थियो । त्यस्तै, चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग