पश्चिमी वायुको प्रभाव कायम, केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
जलसरोकार
काठमाडौँ: नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ ।
यसअघि बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातका कारण नेपालमा वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो । सो अवधिमा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो ।
हिमपातका कारण मनाङको डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए । उनीहरूको सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम केन्द्र, शिक्षालय मनाङको टोलीले सफलतापूर्वक उद्धार गरेको थियो ।
राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड गरिएको थियो । तीमध्ये १८५ वटा केन्द्रमा उल्लेख्य मात्रामा वर्षा भएको छ ।
सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१ दशमलव १ मिलिमिटर मापन गरिएको थियो । त्यस्तै, चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पोखरामा नेपाल–भारत प्राविधिक विज्ञ (जेटीटी) को १७ औं बैठक जारी
-
सोमबार सेयर बजार ८.२४ अंकले घट्यो, कारोबार रकम ६ अर्बमा सीमित
-
विद्युत् प्रणालीमा ५५० मेगावाट अपुग भएका बेला उद्याेगहरुले लिएका थिए लोडसेडिङ नहुने डेडिकेटेड र ट्रंक लाइन
-
लोडसेडिङका बेला उद्योगहरुले यसरी पाएका थिए प्राधिकरणका कर्मचारीलाई प्रभावित पारी बिजुलीको लाइन
-
अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार, चाँदीको भाउ पाँच रुपैयाँले बढ्यो
-
वीरगञ्ज नाकाहुँदै तीन महिनामा भित्रियो आठ अर्ब ७० करोड मूल्यका सवारी साधन