सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पश्चिमी वायुको प्रभाव कायमै, तराईमा हुस्सु र कुहिरोको सम्भावना

जलसरोकार
शुक्रबार, पुस १८, २०८२ | ०९:११:३७ बजे

 

काठमाडौँ : देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल तराईका अधिकांश क्षेत्र हुस्सुले ढाकिएका छन्। आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने तथा उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका केही स्थानमा भने हुस्सु कायमै रहने जनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : शुक्रबार, पुस १८, २०८२ | ०९:११:३७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया