पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : हाल नेपालमा पश्चिमी वायूको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण आगामी २४ घण्टासम्म देशका विभिन्न भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ।
आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि तराई भू–भागका थोरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। हिमाली भू–भागमा साधारणतया बदली रहने र अन्य भू–भागमा आंशिक बदली कायम रहने पूर्वानुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ।
मौसमविद्हरूले विशेषगरी तराई क्षेत्रमा बिहान र रातिको समयमा हुस्सुका कारण दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा आंशिक प्रभाव पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। हिमाली क्षेत्रमा हुने सम्भावित हिमपातले चिसो बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि सुझाव दिइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता