पश्चिमी वायुको प्रभाव कायमै, तराईमा हुस्सु र पहाडमा हल्का वर्षा–हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ ।
महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थान हुस्सुले ढाकिएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ ।
यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
आज राति पनि तराई भू–भागका केही स्थानमा हुस्सु कायमै रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रातिको समयमा पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । विशेषगरी बिहान र बेलुकीको समयमा दृश्यता कम हुन सक्ने भएकाले सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पुनर्निर्माण कोषमा २५ लाख सहयोग
-
साताको अन्तिम कारोबार दिन सेयर बजार १२.८३ अंकले घट्यो, कारोबार रकम खुम्चियो
-
महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
-
रसुवागढी नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत नहर विस्तार कार्यका लागि बोलपत्र आह्वान