पश्चिमी वायुको प्रभाव कायमै, तराईमा हुस्सु र पहाडमा हल्का वर्षा–हिमपातको सम्भावना
जलसरोकार
काठमाडौं : देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ ।
महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थान हुस्सुले ढाकिएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ ।
यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
आज राति पनि तराई भू–भागका केही स्थानमा हुस्सु कायमै रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । रातिको समयमा पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सु तथा कुहिरोको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । विशेषगरी बिहान र बेलुकीको समयमा दृश्यता कम हुन सक्ने भएकाले सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो