बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा
जलसरोकार
काठमाडौँ: जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेसँगै देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ, जसका कारण दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । यस क्रममा देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा र गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रसँगै लुम्बिनी र कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले वर्षासँगै पहिरो र डेब्रिज फ्लोको जोखिम रहने, ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायात अवरुद्ध हुनसक्ने भएकाले सतर्क रहन र पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता