‘मोन्था आँधी’को प्रभाव क्रमशः कमजोर, अधिकांश स्थानमा मौसम सफा
जलसरोकार
काठमाडौं: बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था आँधी’का कारण केही दिनदेखि प्रभावित भइरहेको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम छ । ती प्रदेशका उच्च भू–भागमा अझै केही बदली देखिए पनि बाँकी भूभागमा आज मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव अहिले पनि बलियो रहेकाले देशका केही स्थानमा आंशिक बदली जारी रहेको विभागको विश्लेषण छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी प्रदेशमा मौसम मुख्यतया सफा हुने विभागले जनाएको छ । ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको विभागको पूर्वानुमान छ ।
विभागका मौसमविद्हरूका अनुसार ‘मोन्था आँधी’ कमजोर हुँदै गएसँगै मौसम क्रमशः सामान्यतर्फ फर्किने क्रममा छ र आगामी दिनहरूमा देशभर आंशिकदेखि सफा मौसम रहने सम्भावना रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग