सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

‘मोन्था आँधी’को प्रभाव क्रमशः कमजोर, अधिकांश स्थानमा मौसम सफा

जलसरोकार
आइतबार, कात्तिक १६, २०८२ | ०९:१६:४५ बजे

 

काठमाडौं: बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था आँधी’का कारण केही दिनदेखि प्रभावित भइरहेको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम छ । ती प्रदेशका उच्च भू–भागमा अझै केही बदली देखिए पनि बाँकी भूभागमा आज मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव अहिले पनि बलियो रहेकाले देशका केही स्थानमा आंशिक बदली जारी रहेको विभागको विश्लेषण छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी प्रदेशमा मौसम मुख्यतया सफा हुने विभागले जनाएको छ । ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको विभागको पूर्वानुमान छ ।

विभागका मौसमविद्हरूका अनुसार ‘मोन्था आँधी’ कमजोर हुँदै गएसँगै मौसम क्रमशः सामान्यतर्फ फर्किने क्रममा छ र आगामी दिनहरूमा देशभर आंशिकदेखि सफा मौसम रहने सम्भावना रहेको छ ।

प्रकाशित मिति : आइतबार, कात्तिक १६, २०८२ | ०९:१६:४५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया