सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष
जलसरोकार
काठमाडौँ: प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषनक नरहेको निष्कर्ष निकालेको छ । बुधबार बसेको समितिको बैठकमा आयोजनाको हालसम्मको प्रगति विवरण सन्तोषजनक नरहेकाले उक्त परियोजनासँग सम्बन्धित दस्तावेजनको विस्तृत अध्ययन गर्ने निर्णय गरेको छ ।
बैठकले सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसँग थप छलफल गर्ने निर्णय गरेको समिति सभापति दिपकबहादुर सिंहले जानकारी दिए । “आयोजनाको प्रगति १ प्रतिशत मात्रै देखियो, केकति कारणले न्यून प्रगति भएको हो भनेर बैठकमा छलफल भयो”, उनले भने,“उक्त सम्बन्धमा सम्बन्धित मन्त्रीसँग थप जानकारी लिने र अध्ययनका लागि आयोजनासँग सम्बन्धित थप कागज मगाउने निर्णय भयो ।”
बैठकले राष्ट्रिय गौरवका आयोजनामा आयोजना प्रमुखको नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई निर्देशनसमेत दिएको छ । उक्त आयोजनामा नौ महिनासम्म आयोजना प्रमुख नतोकिएको पाइएको छ । आयोजनाको ठेकेदार कम्पनीमा रमन कन्स्ट्रक्सन जेभी पेटल कम्पनी रहेको छ ।
https://jalasarokar.com/news/heavy-rainfall-in-these-four-provinces-and-storms-in-the-terai-3192
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्