मेलम्ची मुहान क्षेत्र जाने सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान
जलसरोकार
काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले टेण्डर आह्वान गरेको हो ।
मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ सडकखण्डको करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न तीन वटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको छ ।
गत २० कात्तिकमा मेलम्ची खेलाको पानी सुरुङमार्फत काठमाडौं उपत्यकामा ल्याउने सम्बन्धी समझदारीपछि स्थानीय सरोकारवालाले सहमति जनाएका थिए । उक्त समझदारीअनुसार अब सडक निर्माण र स्तरोन्नतिको काम अघि बढ्न लागेको हो ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा