बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित
जलसरोकार
पोखरा : पोखराको कुँडहरस्थित नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनमा गर्ने भनिएको बसबार स्तरोन्नति कार्य हाललाई स्थगित गरिएको छ । उक्त कार्यका लागि आजदेखि पुस २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने कार्यतालिका सार्वजनिक गरिएको भए पनि प्रतिकूल मौसमका कारण माग बढेपछि केही दिनका लागि स्तरोन्नति रोकिएको हो ।
पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार, पछिल्ला एक–दुई दिनयता बढेको चिसो मौसमका कारण विद्युत् माग उल्लेख्य रूपमा बढ्दा पावर ट्रान्सफर्मरमा ओभरलोड भई फिडरहरूमा समस्या देखिएको छ ।
“कुँडहर सबस्टेशनको १३२ केभी बसबारको स्तरोन्नति आज बिहान सुरु गरी लाइन सञ्चालन गर्दा प्रतिकूल मौसमका कारण अत्यधिक लोड वृद्धि भयो र फिडरहरूमा समस्या आयो,” यादवले भने, “त्यसैले हाललाई स्तरोन्नति कार्य केही दिनका लागि स्थगित गरिएको हो। मौसम अनुकूल भएपछि नयाँ कार्यतालिका प्रकाशित गरी काम पुनः सुरु गरिनेछ।”
नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गतको कुँडहर सबस्टेशनमा बसबार स्तरोन्नतिका लागि बिहान ६ देखि ११ बजेसम्म चार दिनसम्म पोखराको अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने तयारी गरिएको थिया । स्तरोन्नति कार्य स्थगित भएसँगै हालका लागि सो तालिका लागू नहुने प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने