आज अपराह्न ४ बजेदेखि तीव्र हावाहुरीको चेतावनी, देशका धेरै जिल्ला प्रभावित हुने
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्नदेखि देशका विभिन्न भागमा तीव्र हावाहुरी चल्ने चेतावनी दिएको छ । विभागले बिहान ८ बजे जारी गरेको अद्यावधिक विशेष बुलेटिनअनुसार हावाहुरी अपराह्न ४ बजेदेखि सुरु भई भोलि बिहान ६:४५ बजेसम्म रहने अनुमान गरिएको छ ।
विभागका अनुसार हावाहुरीको प्रभाव सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी लगायतका जिल्लामा देखिनेछ । त्यस्तै लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी आसपासका क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेको छ ।
गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्लामा पनि हावाहुरीको असर पर्नेछ । यस्तै मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशका झापा र मोरङ आसपासका जिल्लामा समेत तीव्र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।
यसअघि विभागले हावाहुरी सुरु हुने समय साँझ ५:४५ बजे उल्लेख गरेकोमा अद्यावधिक सूचनामार्फत समय परिमार्जन गरी अपराह्न ४ बजेबाटै सुरु हुने जनाएको हो ।
हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको तथा यो प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्ने विभागले जनाएको छ । देशका धेरै स्थानमा यसको प्रभाव देखिने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने