बढ्यो सेयर बजार : तीन हाइड्रोपावरको मात्र मूल्य १० प्रतिशत वृद्धि
जलसरोकार
काठमाडौं,: सोमबार सेयर बजारको परिसूचक नेप्से १९.९७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ ।
कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो ।
अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो ।
हाइड्रोपावर ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.२० प्रतिशत बढे । अन्य ०.३६, फाइनान्स १.९७, विकास बैंक १.७२ र बैंकिङ समूह ०.५९ प्रतिशत घटे ।
विशाल बजार कम्पनी, तारागाउँ रिजेन्सी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ९.३६, अपर लाहोरेखोलाको ९.१९, ओरियन्टल होटलको ७.८ तथा रिभर फल्स पावरको ७.५ प्रतिशत मूल्य बढ्यो ।
नेपाल फाइनान्सको ८.७, गुराँस लघुवित्तको ७.७, विन नेपाल लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्