अझै पनि कम वर्षा हुने सम्भावना
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आगामी दुई महिनामा देशभर वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । विभागका अनुसार यही पुस १७ देखि फागुन १६ सम्मको अवधिमा अधिकांश भूभागमा वर्षा सामान्यभन्दा कम हुने सम्भावना रहेको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले गत डिसेम्बर महिनामा पनि वर्षा सरदरभन्दा कम भएको र आगामी दिनमा पनि यही अवस्था कायम रहने अनुमान गरिएको जानकारी दिए ।
उनका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग तथा गण्डकी प्रदेशका उत्तर–पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर र केही स्थानमा सरदरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना छ ।
आकलन विवरण
सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका पश्चिमी भूभागमा ५५–६५ प्रतिशत सम्भावनाका साथ वर्षा कम हुने देखिएको छ ।
सुदूरपश्चिमका दक्षिण–पश्चिमी भूभाग, कर्णालीका मध्य भूभाग, लुम्बिनीका उत्तरी भूभाग, गण्डकीका मध्य भूभाग, बागमतीका मध्य भूभाग, मधेसका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य तथा दक्षिणी भूभागमा ४५–५५ प्रतिशत सम्भावना रहेको छ ।
बाँकी भूभागमा ३५–४५ प्रतिशत सम्भावना रहेको विभागले जनाएको छ ।
आकलनका आधार
विभागले यो पूर्वानुमान विश्व मौसम सङ्गठनका विश्वव्यापी र क्षेत्रीय जलवायु प्रारुप, नेपालको हिउँदकालीन मौसममा प्रभाव पार्ने एलनिनो–लानिना र इन्डियन ओसन डिप्लोइक (IOD) को वर्तमान अवस्थालाई ध्यानमा राखेर तयार गरेको हो ।
हाल प्रशान्त महासागरमा लानिनाको अवस्था भए पनि हिउँदको अन्त्यसम्म तटस्थतर्फ जाने आकलन गरिएको छ भने हिन्द महासागरको क्ष्इम् पनि हिउँदभरि तटस्थ रहने अनुमान गरिएको छ ।
विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै, वर्षा कम हुने सम्भावनाले कृषि, जलस्रोत, स्वास्थ्य तथा दैनिक जनजीवनमा असर पार्न सक्ने जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलाशययुक्त जलविद्युत् निर्माण सरकारकाे प्राथमिकतामा : मन्त्री श्रेष्ठ
-
अन्तिम समयमा सम्हालियो नेप्से, परिसूचक १.६३ अंकले बढ्दा कारोबार ४ अर्ब ५३ करोड नाघ्यो
-
पीपीए रोकिँदा साना जलविद्युत् आयोजना वित्तीय संकटमा
-
करको विवेकपूर्ण उपयोग सरकारको नीति: अर्थमन्त्री वाग्ले
-
सुन–चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
हेटौँडा औद्योगिक क्षेत्रमा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने