उत्तरी गोरखामा हिमपात, जनजीवन प्रभावित
जलसरोकार
गोरखा: उत्तरी गोरखाका विभिन्न गाउँमा गए रातिदेखि लगातार हिमपात भइरहेको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा परेको हिमपातले स्थानीय जनजीवन प्रभावित बनेको छ ।
चुमनुब्री गाउँपालिका–७ का स्थानीय पासाङफुञ्जो लामाका अनुसार, गए राति हल्का वर्षा सुरु भएसँगै राति नै हिउँ पर्न थालेको हो । “अहिलेसम्म पनि हिउँ परिरहेको छ,” उनले भने, “मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन्।”
तीन हजार मिटरभन्दा माथि रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ र छेकमलगायत गाउँ अहिले हिउँले ढाकिएका छन् । त्यस्तै वडा नं १ का सामागाउँ, साम्दो र वडा नं २ का स्याला, ल्हो लगायतका गाउँहरू पनि हिउँले सेताम्य भएका छन् ।
हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर उचाइमा रहेको लार्के पासतर्फ गएका पर्यटकहरू भारी हिमपातका कारण सामागाउँ र साम्दोमै रोकिएका स्थानीयले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता