आज रातिदेखि भोली बिहानसम्म देशभर हिमपात र वर्षा, सतर्कता अपनाउन आग्रह
जलसरोकार
काठमाडौं: देशभर अहिले पश्चिमी वायुको प्रभावका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार उक्त प्रणालीको प्रभावले सोमबार रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा हिमपात र वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
त्यसैगरी बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा समेत हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भने भारी हिमपात हुने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।
विभागले यसपटकको सम्भावित हिमपात र वर्षाले दैनिक जनजीवनसँगै पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने चेतावनी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार अद्यावधिक जानकारी नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
-
मनसुनको प्रभाव निरन्तर : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश माग गर्दै इप्पान नियमन आयोगमा
-
राष्ट्रको समृद्धि दक्ष र उत्तरदायी इन्जिनियरमा निर्भर : मन्त्री श्रेष्ठ
-
मधेसमा भूमिगत जलसतह २ देखि ३ मिटर घट्यो, ६० प्रतिशतभन्दा बढी हाते पम्प सुक्ने अवस्थामा