सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण प्रधानमन्त्री कार्की सिक्टा सिँचाइ नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आज रातिदेखि भोली बिहानसम्म देशभर हिमपात र वर्षा, सतर्कता अपनाउन आग्रह

जलसरोकार
सोमबार, कात्तिक १०, २०८२ | १४:१३:३५ बजे

 

काठमाडौं: देशभर अहिले पश्चिमी वायुको प्रभावका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उक्त प्रणालीको प्रभावले सोमबार रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा हिमपात र वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा समेत हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भने भारी हिमपात हुने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।

विभागले यसपटकको सम्भावित हिमपात र वर्षाले दैनिक जनजीवनसँगै पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने चेतावनी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार अद्यावधिक जानकारी नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ ।

प्रकाशित मिति : सोमबार, कात्तिक १०, २०८२ | १४:१३:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया