साताको अन्तिम दिन ०.५७ प्रतिशतले घट्यो सेयर
जलसरोकार
काठमाडौं,: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंक (०.५७ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । २ ः ५० बजे २७१८ अंकसम्म झरेको बजार अन्तिम १० मिनेटमा केही सम्हालिएको हो ।
कुल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३६ करोडको भयो ।
व्यापार र लाइफ इन्स्योरेन्स बाहेक सबै सेक्टरका सूचक घटेका छन् । व्यापार ३.६७ र लाइफ इन्स्योरेन्स ०.७९ प्रतिशत बढे । होटल सेक्टर सबैभन्दा धेरै ३.६३ प्रतिशत घट्यो । बैंकिङ ०.९७, विकास बैंक १.०८, फाइनान्स २.७८, हाइड्रोपावर ०.८८, लगानी ०.९८, उत्पादन १.१४, माइक्रोफाइनान्स १.१४, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.४८ प्रतिशत घटे ।
खानीखोला हाइड्रोपावर र सुपरमादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ९.८, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.९ प्रतिशत मूल्य बढ्यो ।
सपोर्ट माइक्रोफाइनान्सको ८.३, नेपाल फाइनान्सको ७.१, गुराँस लघुवित्तको ६.५ तथा तारागाउँ रिजेन्सीको मूल्य ६.१ प्रतिशत घट्यो । तारागाउँले आजै ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, रसुवागढी हाइड्रोपावर र जानाकी फाइनान्स क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने
-
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
-
मन्त्री कुलमान घिसिङद्धारा निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी