भोटेकोसीमा आएको भीषण बाढीले त्रिशूली नदीमा जलसतह बढ्यो, तटीय बस्ती जोखिममा
जलसरोकार
नुवाकोट: आज बिहान करिब ३ः०० बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह एक्कासि बढेको छ । बाढीको प्रभाव रसुवा र नुवाकोटका तटीय क्षेत्रहरूमा देखिन थालेपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाका पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाट लगायतका क्षेत्रहरूमा कटान गर्दै अगाडि बढेको छ । बाढी बस्तीभित्र पस्न सक्ने सम्भावना उच्च भएकाले प्रशासनले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ‘माइकिङ’ गर्दै नदी किनाराका घरपरिवारलाई सतर्क गराइरहेका छन् ।
यसैबीच, बाढीले किस्पाङ गाउँपालिका–५ मा अवस्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति पु¥याएको छ । बाढीका कारण विद्युत् आपूर्तिमा समेत असर पर्न सक्ने सम्भावना रहेको छ ।
स्थानीय प्रशासनले नदीको बहाव अझै बढ्न सक्ने संकेत गर्दै जोखिम क्षेत्रका नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन र तत्काल सुरक्षित स्थानतर्फ सर्न आह्वान गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता