देशभर आंशिकदेखि साधारण बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : नेपालभर सक्रिय रहेको मनसुनी प्रणालीका कारण आज शनिबार दिनभर आंशिकदेखि साधारणतया बदली रहने जलवायु पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।
आज राति कस्तो रहनेछ?
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ।
कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागमा रातिको समयमा पनि हल्का देखि मध्यम वर्षा वा हिमपात हुनसक्ने छ।
मौसम विश्लेषण अनुसार हाल नेपालभर मनसुनी वायुले प्रभाव जमाएको छ। मनसुनसँग सम्बन्धित न्यून चापीय रेखा सरदर स्थानको आसपासमै रहेकाले देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना देखिएको हो।
मौसमविद्हरूले बाढी, पहिरो र हिमपातको जोखिम रहने स्थानहरूमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड