देशभर आंशिकदेखि साधारण बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना
जलसरोकार
काठमाडौं : नेपालभर सक्रिय रहेको मनसुनी प्रणालीका कारण आज शनिबार दिनभर आंशिकदेखि साधारणतया बदली रहने जलवायु पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।
आज राति कस्तो रहनेछ?
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ।
कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागमा रातिको समयमा पनि हल्का देखि मध्यम वर्षा वा हिमपात हुनसक्ने छ।
मौसम विश्लेषण अनुसार हाल नेपालभर मनसुनी वायुले प्रभाव जमाएको छ। मनसुनसँग सम्बन्धित न्यून चापीय रेखा सरदर स्थानको आसपासमै रहेकाले देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना देखिएको हो।
मौसमविद्हरूले बाढी, पहिरो र हिमपातको जोखिम रहने स्थानहरूमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साना तथा मझौला व्यवसायको वित्तीय पहुँच विस्तारका लागि विश्व बैंकको १३ अर्ब ७७ करोड रुपैयाँ सहयोग
-
सुनको मुल्य फेरि उकालो, तोलामा २ लाख ९० हजार नाघ्यो
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना