केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन मौसम विभागको आग्रह
जलसरोकार
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले देशका केही जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेकाले वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको जनाएको छ।
विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा तथा आसपासका जिल्लाबाट बग्ने स–साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
विभागले नदी किनार, तटीय क्षेत्र तथा पहिरो जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन तथा यात्रा गर्दा मौसम र नदीको अवस्थाबारे जानकारी लिएर मात्र आवतजावत गर्न आग्रह गरेको छ।
यसैबीच, विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। सो अवधिमा सबैभन्दा धेरै वर्षा कास्कीको याङ्जाकोटमा ९८.६ मिलिमिटर मापन गरिएको छ।
मौसमविद्हरूले आगामी केही दिन मनसुन सक्रिय रहने सम्भावना रहेकाले बाढी, डुबान र पहिरोको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सुझाव दिएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता